पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके - भारतबाट कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्जबाट भारतको नयाँ दिल्लीसम्म सञ्चालन हुँदैआएको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ ।
बाँकेको स्थानीय प्रशासनले गृह मन्त्रालयको निर्देशनमा नेपालगञ्जबाट नयाँ दिल्लीसम्म सञ्चालन हुने मैत्री बस सेवा बन्द गराएको हो । उत्तर प्रदेश राज्यको राजधानी लखनउमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक भारत नजान पनि सार्वजनिक अपिल जारी गरेको छ।
यस्तै, भारतको उत्तरप्रदेशसँग जोडिएको बाँकेको प्रमुख जमुनाह नाकामा बुधबार बिहानदेखि आवागमनमा कडाइ गरिएको छ । नेपालगञ्जको चौलिक्का चोकदेखि करिब दुई किलोमिटरको दुरीमा रहेको जमुनाह नाकासम्म तीन स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यसैले दैनिक किनमेलका लागि सीमापारि रुपैडिया जानेहरुको सङ्ख्या न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् भने आमनागरिकलाई पैदल मात्रै यात्रा गर्न दिइएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मुख्य नाकाबाहेकका सम्पूर्ण नाकामा आवमगन बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।
भारतको सीमा सुरक्षा बल एसएसबीका प्रहरी निरीक्षक धर्मेन्द्र सिंहले भने भारतीय सरकारको तर्फबाट सीमामा आवागमनका लागि नेपालीहरुका लागि कुनै अवरोध नभएको जानकारी दिनुभयो ।
सीमानाकाको दुवैतर्फ राखिएको हेल्थडेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्रै यात्रीलाई नेपाल गर्न प्रवेश दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।