गुल्मीमा जीप दुर्घटना, एक जनाको ज्यान गयो

 चैत ६, २०७६ बिहीबार १८:२:४५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

चन्द्रकोट गाउँपालिका अन्तर्गत मजुवाबाट पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको बाेलेराे जीप बिहीबार दिउँसो चन्द्रकोटको ८ तुराङ्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर जीप चालक धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिष जीसीको ज्यान गएकाे प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले जानकारी दिनुभयाे । 

दुर्घटनामा परेर घाइते भएका जीसीको उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थामा ज्यान गएको हो । दुर्घटनामा गुल्मी दरबार गाउँपालिका २ का ३० वर्षीय शिशिर गौतम र चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरमा बस्दै आएका ४५ वर्षीय श्याम आचार्य घाइते हुनुभएको छ । 

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा लगिएको छ । सामान बोकेर गाउँ जाँदै जीप घुम्ति मोड्ने क्रममा दुर्घटनामा परेकाे हाे ।दुर्घटना भएको जीप सडकबाट १२ फिट तल खसको प्रहरीले बताएको छ ।

दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।  

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया