फिल्मी शैलीमा काठ तस्करी, ५ जना पक्राउ

 साउन ११, २०७५ शुक्रबार ६:४२:१५ | रासस
unn.prixa.net

झापा – झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक गोकर्ण कार्कीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय शंकर कार्की, २६ वर्षीय धमेन्द्र साह, ३३ वर्षीय रमेश सिटौला, ४३ वर्षीय ताला हास्दा र ३९ वर्षीय भुवन दाहाल रहेको प्रहरी नायब निरीक्षक कार्कीले जानकारी दिनुभयो । 

“नदीको बहावमा काठ तस्करी हुँदैछ भन्ने गोप्य सूचना पायौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले काठसहित त्यसमा संलग्नहुनेलाई पक्राउ गर्‍यौँ ।” 

पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय झापामा बुझाइएको छ भने बरामद काठलाई सेक्टर वन कार्यालय सुरुङ्गामा राखिएको छ । 

कनकाई नदीमा बर्खाको समयमा बाँसको चाली र ट्युबको मद्दतबाट भारततर्फ काठ तस्करी हुने गरेको छ । नेपालको वनबाट काठ चोरी निकासी हुन थालेपछि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया