कोरोना भाइरसकाे त्रास : श्रीलङ्कामा संसदीय निर्वाचन स्थगित

 चैत ६, २०७६ बिहीबार १९:३४:४३ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलङ्काले आउँदाे महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन् ।

‘विश्व स्वास्थ्य संगठनले श्रीलङ्कालाई कोरोना भाइरसको सङ्क्रमणको खतरा नरहेको बताए पनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५) मा सम्पन्न गर्न सक्दैनौँ,’ निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाले बिहीबार बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्ने बिषय कोरोना भाइरस सङ्क्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने विषयमा निर्भर रहन्छ ।’

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमतका साथ संसदमा आउने विश्वास व्यक्त गर्नुभयाे । कोरोनाका कारण विश्वव्यापी सन्त्रास फैलिए पनि श्रीलङ्कामा भने यसको सङ्क्रमण पुष्टि भएका ५३ व्यक्ति मात्रै छन् । 

सरकारले यो हप्तादेखि अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द (लकडाउन) गरेको छ भने संवेदनशील मानिएका करिब आठ लाख ५० हजार नागरिकलाई अतिआवश्यक काममाबाहेक आफ्नो घरबाट बाहिर नजान निर्देशन गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया