एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
भक्तपुर - मध्यपुरथिमि नगरपालिका-१, मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका १० घर भइ हाल मध्यपुरथिमि-१, लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका २ घर भइ हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका २ घर भइ लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
खोटाङ दिक्तेल नगरपालिका-३, पिनालाखा घर भइ हाल मनोहरामा १८ वर्षीय छोरा अनिस राईसँगै बस्दै आएकी ३५ वर्षीय बिमला राईलाई आरोपित तीन छिमेकीले कुटपिट गरेको र शारीरिक तथा मानसिक यातना दिएपछि उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।
मृतकका छोरा अनिस राईले आफ्नी आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक याताना दिएर आत्महत्या गर्न बाध्य गराएको भन्दै तीन जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको कोइरालाले जानकारी दिनुभयो ।
शवलाई परीक्षणको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र पक्राउ परेकाहरुलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।