यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आफ्ना क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न खाली सिसि व्यवस्थापन प्रालिसँग सम्झौता गरेको छ ।
महानगर, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ र प्रालिका अध्यक्ष आयुषी केसीबीच सम्झौता भएको हो । सम्झौताबमोजिम महानगरवासीले बोलाएका ठाउँमा गएर प्रालिले सामान खरीद गर्नुपर्नेछ ।
नगरवासीले बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि प्रालिकाे पहिचान झल्कने पोशाक लगाएका व्यक्तिले सामान खरिद गरी ढुवानी गर्नेछन् ।
यसरी खरिद गरिने सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, सिसा, प्लाष्टिक, धातु र स्टिल तथा विद्युतीय गरी पाँच प्रकृतिका पुनःप्रयोगजन्य फोहर खरिद गरिने वस्तु उल्लेख छ ।
प्रतिकिलो खबर कागज १० रुपैयाँ, कापी १२ रुपैयाँ, किताब, ए ४ साइज कागज र म्यागाजिनको सात रुपैयाँ, परीक्षा कागजको १० रुपैयाँ तथा कार्डबोर्ड र अण्डाको क्रेटकाे तीन रुपैयाँ ताेकिएको छ ।
मूल्य सामान खरीद गरिने स्थानका आधारमा पनि तय हुनेछ । प्रालिका अध्यक्ष केसीले लामो दूरीबाट ढुवानी गर्नुपर्यो भने मूल्य कम हुनसक्ने बताउनुभयो।अनुसूचीमा राखिएको दोस्रो प्रकृतिका पुनःप्रयोगीय फोहर अन्तर्गत बियरको बोतलको प्रतिगोटा एक रुपैयाँ र वाइनको बोतलको प्रतिगोटा ५० पैसा राखिएको छ ।
तेस्रो प्रकृतिको पुनःप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य वस्तु राखिएको छ । स्याम्पुको खोल र पानीलगायत प्लाष्टिकका बोतलमा राखिएका पेय वस्तुका खोलको मूल्य प्रतिकिलो पाँच रुपैयाँ राखिएको छ ।
धातुजन्य फोहोरअन्तर्गत आल्म्युनियमका सामानको प्रतिकिलो ९० रुपैयाँ र सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्थानुसार मूल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै पित्तल, तामा, स्टिल र टिनको मूल्य प्रतिकिलो क्रमशः रु २०, ३८०, ४५०, २० र ४ निर्धारण गरिएको छ ।
‘ती सामानको मूल्य हामी वडा कार्यालयमार्फत स्थानीयबासीको सूचनामा पुर्याउँछौंँ’ महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले भन्नुभयो ।
प्रालिसँगकाे सहमतिले कामपालाई फोहर व्यवस्थापन गर्न सहयोग पुग्ने बताउँदै श्रेष्ठले फोहरको वर्गीकरण गर्ने नगरबासीको विकाससमेत हुने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।