आज केही ठाउँमा चट्याङसहित पानी पर्ने

 चैत ८, २०७६ शनिबार ९:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज दिउँसोपछि केहि ठाउँमा चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयाे। चट्याङसहित परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँको भनाइ छ ।

खण्डवृष्टि

यस्तै नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अबको दुई तीन दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्दैन । बिहान मौसम सफा हुने र दिउँसोपछि हावाहुरी चलेर मेघगर्जनसहित पानी पर्नु प्रि-मनसुनको विशेषता हो । अहिले प्रि-मनसुन चलिरहेको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया