नर्भिक अस्पतालमा कोरोना संक्रमित भेटिएको अफवाह फैलाउनेलाई कारबाहीको माग

 चैत ८, २०७६ शनिबार १२:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको नर्भिक अस्पतालले नर्भिक अस्पतालमा कोरोना संक्रमित भेटिएको भन्ने अफवाह फैलाउने व्यक्तिलाई कारबाहीको माग गरेको छ ।

फेसबुक लगायत सामाजिक सञ्जालमा आज बिहानैदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका ८ जनामा कोरोनाकाे सङ्क्रमण भेटिएकाे खबर आउनु गलत भएको पुष्टि गर्दै त्यो अफवाह फैलाउनेलाई कारबाही गर्न माग गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सूचना निकालेर जटिल एवं संवेदनशील समस्याका बेला भ्रामक सन्देश फैलाउने व्यक्तिलाई कडा कारबाहीको माग गर्दै नर्भिकमा कोभिड–१९ का कुनै पनि बिरामी नभएका स्पष्ट पार्नुभएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया