यातायात मन्त्रालयले १ लाख मास्क किनेर चालक र सहचालकलाई वितरण गर्ने

 चैत ८, २०७६ शनिबार १६:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक लाख मास्क किनेर लामो दूरीमा गाडी चलाउने चालक र सहचालकलाई वितरण गर्ने भएको छ । 

मन्त्रालयमा मन्त्री वसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र हिसान, व्यासन तथा एनब्यावसनलगायतका संस्थाका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। 

मन्त्रालयले साझा स्वास्थ्य सेवासँग एक लाख थान सर्जिकल मास्क खरिद गरेर आजै साँझदेखि गोंगबु बसपार्कबाट छुट्ने गाडीका चालक र सहचालकलाई वितरण गर्नेछ । 

यस्तै चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउन रोक लगाउने भएकाेले त्यसबेलासम्म घर जान चाहने यात्रुका लागि पर्याप्त गाडीको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेकाे छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया