यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - सार्वजनिक बस चल्न प्रतिबन्ध लगाउने तर हवाइजहाज चल्न दिने सरकारी निर्णयको यातायात व्यवसायीहरुले विरोध गरेका छन् ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बसलाई रोक लगाएर जहाजलाई चल्न दिएकोप्रति असहमति जनाउनुभएको छ ।
‘कोरोना सर्छ भनेर ३० जना यात्रु बोक्ने बसलाई चल्न प्रतिबन्ध लगाइएको छ । तर ८० जना बोक्ने जहाज निर्बाध रुपमा चल्न पाउने निर्णय सुहाएन । बसमा कोरोना लाग्ने र प्लेनमा नलाग्ने भन्ने हुन्छ ?’ महासचिव सिटौलाले प्रश्न गर्नुभयो ।
उहाँले सार्वजनिक यातायातले सरकारले तोकेकै भाडामा यात्रुलाई सेवा दिइरहेकाे तर जहाजले चर्को मूल्यमा यात्रु बोकेको भन्दै जहाजको मनोमानी रोक्न माग गर्नुभयो ।
काठमाण्डौ छाडेर जाने यात्रुको भिड बढ्दै गएकाले सार्वजनिक गाडी चल्न पाउने समय अझै एक/दुई दिन बढाउन पनि उहाँले माग गर्नुभयाे ।
जवाफमा मन्त्री नेम्वाङले प्रधाममन्त्रीबाटै निर्णय भएको विषयमा आफूले अर्को निर्णय गर्न नसक्ने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा याे विषय राख्ने आश्वासन दिनुभएकाे महासचिव सिटौलाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।