हिरासतमा यातना दिने दुईजना प्रहरीलाई मृत्युदण्ड

 साउन ११, २०७५ शुक्रबार ९:२३:३४ | एजेन्सी
unn.prixa.net

भारतको दक्षिणी राज्य केरलामा पक्राउ परेका व्यक्तिलाई हिरासतमै यातना दिएर हत्या गरेको अभियोगमा दुईजना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

केरलाको विशेष अदालतले ती दुई प्रहरी अधिकारीले चोरीको आशंकामा समातिएका २६ वर्षीय युवकलाई ज्यान जाने गरी हिरासतमै यातना दिएको पुष्टि गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । केरला राज्यमा हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो घटना हो ।

१३ वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएकी मृतककी आमाले अदालतको फैसलाको स्वागत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया