यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – सिङ्गापुरबाट आएको सिल्क एअरको जहाजमा रहेका सबै ९८ जना यात्रु नेपाली रहेको पुष्टि भएको छ ।
शनिबार राति सिङ्गापुरबाट आएको जहाजमा एक जना डच नागरिक पनि रहेको हल्ला चलेपछि जहाजलाई विमानस्थलमा अवतरण अनुमति नै दिइएको थिएन ।
तर पाइलटले इन्धन भर्नको लागि मात्रै भए पनि अवतरणको अनुमति मागेका थिए । त्यसपछि सबै यात्रुलाई विमानस्थलमा ओर्लन नदिइ सिङ्गापुर पठाउने तयारी थियो । तर यात्रुले नाराबाजी गरेर कुनै हालतमा विमान चल्न नदिने जनाएपछि उनीहरुलाई ओरालेर अनुसन्धान गरिएको थियो ।
अनुसन्धानको क्रममा एकजना अस्ट्रेलियन मुलकी नेपाली नागरिक र जापानबाट आएका एक दम्पति नेपाली मुलका नागरिक भएको पाइएको थियो ।
विमानस्थलमा सबैको बृहत् जाँच गरिएको थियो । जाँचका क्रममा सबैको अवस्था सामान्य देखिएको थियो । त्यसपछि जापानबाट आएका दम्पति र अस्ट्रेलियन मुलकी नेपाली नागरिक गरी तीन जनालाई क्वारेन्टाइनमा राख्ने र बाँकी ९५ जनालाई घरमै सुरक्षित बस्न भनेर विमानस्थलले छाडिदिएको छ ।
शनिबार राति नै फर्कने तालिका रहेको सिल्क एअरको जहाज विवादका कारण रातभरि त्रिभुवन विमानस्थलमा नै रहेको छ । जहाजले केही बेरमा एक सय ६५ जना यात्रु लिएर फेरि सिङ्गापुर जाने नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्चदेखि लागु हुने गरी युरोपका पश्चिम एसिया लगायत खाडी क्षेत्रका देशहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशुबाट आउने नागरिकमाथि रोक लगाएको थियो । तर सिङ्गापुरबाट आएको जहाजले डच नागरिक पनि बोकेको हल्लापछि तनाव उत्पन्न भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।