काेराेनाकाे जाेखिम : बाँकेको जमुनाहा नाकाबाट मानिसको आवत जावत बन्द

 चैत ९, २०७६ आइतबार १३:४८:४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको जमुनाहा नाकाबाट मानिसको आवत जावत बन्द गरिएको छ ।

कोरोनाको सम्भावित सङ्क्रमण रोक्नका लागि नेपाल र भारतका सरकारी अधिकारीबिच एक हप्ताका लागि नाकामा मानिसको आवत जावत बन्द गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

सामान ढुवानी लगायत अत्यावश्यक सेवा भने यथावत् रहने उहाँले बताउनुभयो । जमुनाहा नाकाबाट दैनिक १० हजारको हाराहारीमा मानिसहरु आवत जावत गर्ने गरेका छन् । आइतबार बिहान मात्र दुई हजारभन्दा धेरै मानिस जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाे पनि उहाँले बताउनुभयो ।

यसैबीच कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी नाकामा भारतबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या घटेको छ । भारतमा आइतबार लगाइएकाे 'जनता कर्फ्युु का कारण नाकाबाट भित्रिने नेपालीको सङ्ख्यामा कमी भएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया