बुद्ध एअरले भाडा घटायो : सञ्चालन खर्च उठाउन मुश्किल परेको गुनासो

 चैत ९, २०७६ आइतबार १४:२०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चौतर्फी गुनासोपछि बुद्ध एअरले भाडा घटाएको छ ।

कोभिड १९ रोकथामका लागि सतर्कता अपनाउने क्रममा यात्रु बढेपछि एअरलाइन्सले अधिकतम भाडा लिएपछि चौतर्फी गुनासो बढेको थियो । तर बुद्ध एअरले भने सञ्चालन खर्च उठाउन मुश्किल हुँदाहुँदै पनि भाडा घटाएको जनाएको छ ।

बुद्ध एअरले आइतबार विज्ञप्तिमार्फत मुख्य सहरको उडानमा भाडा घटाएको जनाएको छ । डलर फेयरको टिकट बिक्री शून्य रहेको र काठमाण्डौं फर्कने जहाज रित्तै आउनुपरेकाले सञ्चालन खर्च उठ्न समस्या भएको बुद्ध एअरले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हवाइ इन्धनको भाउ ७५ डलरबाट २७ डलरमा झर्दा पनि नेपालमा जम्मा साढे चार रुपैयाँ भाउ घटाइएकोमा पनि बुद्ध एअरले असन्तुष्टि जनाएको छ । 

बुद्ध एअरले जारी गरेको सूचना र भाडादर यस्तो छ । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया