जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान चल्दै, अमेरिका र युराेपकाे चासाे

 फागुन ११, २०८१ आइतबार १८:२८:२१ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

जर्मनीको संसद्को तल्लो सदन बुन्डेसटागको मतदान भइरहेको छ । नियमित समय अनुसार आउँदो सेप्टेम्बरमा चुनाव हुनुपर्ने भए पनि गएको वर्ष सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्री डेमोक्र्याटिक पार्टीको सत्तारूढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि चुनाव भएको हो ।

पछिल्लो सर्वेक्षण अनुसार क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दलले अग्रता लिने देखिएको छ । जर्मनीको तल्लो सदन ६ सय ३० सदस्यीय छ । ५ करोड ९२ लाख मतदाता छन् ।

खस्कँदो अर्थतन्त्र र आप्रवासनलाई दोष दिएको सुरक्षा चिन्ता जर्मनीका अहिलेका मुख्य समस्या हुन् । दलहरूले यिनै विषयलाई मुद्दा बनाएका छन् ।

विश्वमञ्चमा पनि जर्मनीले महत्त्वपूर्ण निर्णयहरू लिने भएका कारण चुनावलाई अमेरिका र युरोपले चासोका साथ हेरेका छन् । जर्मनी युक्रेनमा अमेरिकापछि दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया