वैदेशिक रोजगार बोर्डले शव ढुवानी बाहेकका सबै सेवा बन्द गर्‍यो

 चैत ९, २०७६ आइतबार १७:४८:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले शव ढुवानी बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

कोरोना सङक्रमण रोकथामका लागि भन्दै बोर्डले आइतबार शव ढुवानी बाहेकका सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको जानकारी दिएको हो ।

सरकारले अत्याश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएसँगै बोर्डबाट प्रदान गरिने अरु सेवा बन्द गरिएको बोर्डले जनाएको छ । बोर्डले शव ढुवानी, विदेशमा मृत्यु भएकाका परिवार र अंगभंग भएर फर्किएकालाई राहत, सीप तालिम दिने लगायतका काम गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया