आँबुखैरेनीमा बस दुर्घटना : दुई जनाको ज्यान गयाे

 चैत ९, २०७६ आइतबार २०:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ - तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

आँबुखैरेनी गाउँपालिका–२, ऐनापार्कमा पोखराबाट नेपालगन्जका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको बस सडकबाट तल खस्दा बसमा रहेका दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलेको छैन ।

दुर्घटनामा घाइते भएकाको अहिले उद्धार भैरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया