प्रियंकाले छोडिन् ‘भारत’

 साउन ११, २०७५ शुक्रबार १०:५१:५३ | एजेन्सी
unn.prixa.net

प्रियंका चोपडा हलिउड प्रवेश गरे पछि उनका फ्यानहरु उनलाई बलिउड फिल्ममा हेर्न आतुर थिए । राम्रो विषय वस्तु र राम्रो टिमको प्रतिक्षामा रहेकी उनी अन्ततः सलमान खान सँग फिल्म भारत मा बलिउडमा कमब्याक गर्ने पक्का भएपछि फिल्मले बक्स अफिसमा तहल्का पिट्ने र फ्यानहरुको मन जित्ने अनुमान गरेका थिए ।

तर पछिल्ला रिर्पोटहरुका अनुसार प्रियंकाले “भारत” फिल्मबाट हात झिकेका खबरहरु आइरहेका छन् । जबकी फिल्मको सुट्टिङ्ग समेत शुरु भैसकेको छ । स्रोतका अनुसार प्रियंकाले फिल्मबाट हात झिक्नुको मुख्य कारण ब्वाइफ्रेण्ड निक जोनस सँग उनको बिहे बताइएको छ । निक र प्रियंका छिट्टै वैवाहिक सम्बन्धमा गाँसिने कुरो विहीबार मात्रै तय भए लगत्तै प्रियंकाले “भारत” बाट हात झिक्ने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अलि अब्बास जफरको निर्देशन रहने फिल्म भारतको सुट्टिङ्गका लागि निकै खर्चसमेत भैसकेको छ । अब प्रियंकाको फिल्म छोड्ने निर्णयलाई भारतका मुख्य अभिनेता र प्रियंकाका निकै राम्रा साथीसमेत मानिएका सलमान खानले कस्तो प्रतिक्रिया दिनेछन् हेर्न बाँकी रहेको छ ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया