वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि

 चैत ९, २०७६ आइतबार २२:२३:४१ | केसी लामिछाने
unn.prixa.net

पर्सा  - वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट 'नेगेटिभ' भएको पुष्टि गरेको हो । 

उहाँका भाइ सुरेश रुङ्गटाले पनि 'राजेन्द्र प्रसाद इन्स्टिच्युट अफ् मेडिकल साइन्स अगामकौन पटना'मा भएको परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको जानकारी दिनुभएको छ । यसअघि उहाँ ७ गते पटनाको पीएमसीएच अस्पतालमा भर्ना हुनुभएको थियो । आइतबार दिउँसो उहाँमा कोभिड १९ को सङ्क्रमण देखा परेको भन्ने समाचार सार्वजनिक भएपछि वीरगञ्जको जनजीवन एकाएक त्रसित भएको छ । 

रुङ्गटा आफन्तको विवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकाता जानुभएको थियो । कोलकाताबाट दिल्ली हुँदै एक हप्ता अगाडि वीरगञ्ज आउनुभएका रुङ्गटालाई ६ दिनपछि ज्वरो आएको थियो । त्यही ज्वरोको उपचारका लागि पटना जानुभएका रुङ्गटालाई अस्पतालले नै सुरुमा ५० प्रतिशत कोरोना सङ्क्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशङ्का गरेको परिवारका सदस्यले जनाएका थिए ।

तर पछिल्लो रिपोर्ट आएपछि परिवारका सदस्य ढुक्क भएका छन् । शिव रुङ्गटाका भाइ सुरेश रुङ्गटाले रिपोर्ट नेगेटिभ आएपछि परिवारले राहत महसुस गरेको बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया