इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र न्युक्यासल विजयी
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि सोमबारदेखि भारत र चीनका सीमा नाका बन्द हुने भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षिय वार्ताबाट निर्णयमा पुग्नेछौ ।’ उहाँले एक देशको सङ्क्रमण अर्को देशमा नसरोस भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताउनुभयो ।
कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोषमा जम्मा भएको रकम कोरोनासँगसम्बन्धित क्षेत्रमा पूर्वाधार तयार गर्ने र सम्भावित जोखिमलाई निराकरण गर्ने काममा खर्च गर्नेगरी कार्यविधि बनाइने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
साथै सरकारले कोषमा सहयोग गर्न अन्य सबैलाई आह्वान पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।