इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र न्युक्यासल विजयी
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – काठमाण्डौमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।
गएको चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण देखिएको र उनको उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलन उहाँले युवतीको सम्पर्कमा रहेका सबै व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।
यसअघि चीनको वुहानबाट फर्किएका अर्का नेपालीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । उनी अहिले निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक परीक्षण गराएका मध्ये कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको थिएन । टेकुमा अहिलेसम्म ६ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकालले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई मध्यनजर गर्दै एक हप्ताका लागि नाका बन्द निर्णय गरिएको बताउनुभयो । नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताउनुभयो ।
मन्त्री ढकालले सात वटै प्रदेशमा टेकु अस्पतालस्तरको परीक्षण ल्याब स्थापनाका लागि काम अगाडि बढाइएको बताउनुभयो । सबै प्रदेशका मुख्यमन्त्रीहरुसँगको सामूहिक बैठकमा अस्पताल निर्माण गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता देवकोटाले नियमित फलोअपमा आउनेहरुलाई केही दिन ढिला फलोअप गर्दा हुने अवस्थामा अस्पताल नबोलाउन अस्पतालहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । केही दिन ढिला गरी शल्यक्रिया गर्दा पनि समस्या नहुने बिरामीहरुलाई तत्काल नबोलाउन अस्पताललाई भनेको उहाँले बताउनुभयो ।
५० शय्याभन्दा माथिका अस्पतालहरुमा फिवर क्लिनिक सञ्चालनमा ल्याउन पनि निर्देशन दिइएको उहाँले बताउनुभयो । नमुना सङ्कलन र परीक्षण बढी मात्रामा गर्ने गरी रणनीतिहरु बनाएर सरकार अगाडि बढेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।