इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र न्युक्यासल विजयी
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - बुधबारदेखि उज्यालो रेडियो नेटवर्कका सबै पत्रकारले रेडियो र अनलाइनका काम एकान्तवासबाट गर्ने भएका छन ।
कोरोना भाइरसको संक्रमणबाट आफू बच्ने र अरुलाई संक्रमण हुन नदिने उद्देश्यले सबै पत्रकारले आ-आफ्नै घरको एकान्तवासमा बसेर समाचारहरु उत्पादन गर्ने र स्टुडियोमा एकान्तवास बसेका प्राविधिकले प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
केही दिनका लागि रेडियो कार्यक्रमहरु स्थगित गरेर खबर बुलेटिनहरु घरबाटै उत्पादन गरिने उज्यालो रेडियो तथा उज्यालो अनलाइनका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिनुभयो ।
उज्यालो अनलाइनको काम सोमबारदेखि नै एकान्तवासबाट गर्न थालिएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिसकेको र नेपालमा पनि उच्च जोखिम देखिएकाले पत्रकार तथा कर्मचारीको सुरक्षा तथा स्रोता र पाठकका लागि विश्वसनीय खबर र सूचना उज्यालोको मुख्य प्राथमिकता रहेकोले यस्तो निर्णय गरिएको उज्यालोको व्यवस्थापनले जनाएको छ ।
अर्को जानकारी नआएसम्म उज्यालो घरमा प्राविधिक र सरक्षाकर्मी गरी ३ जना एकान्तवासमा रहने र यी ३ जनाको स्वास्थ सुरक्षाका लागि अरु पत्रकार तथा कर्मचारीलाई आ-आफ्नै घरमा एकान्तवासमा रहेर काम गर्न, कार्यालयमा नआउन र स्वास्थ जोखिम हुने कुनै काम नगर्न भनिएको छ ।
कोरोना भाइरस (कोभिड - १९)को संक्रमणबाट बच्न उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनको काममा सावधानी अपनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।