‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ, १५ सय ७१ गाडी कारबाहीमा

 चैत ११, २०७६ मंगलबार २०:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् । 

सम्झाइ-बुझाइ गर्दा पनि अटेर गर्ने कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट सात जना, झापाबाट चार जना, सुनसरीबाट चार जना, पर्साबाट तीन जना, सिरहाबाट दुई जना, कञ्चनपुरबाट दुई जना र धनुषाबाट एक जना गरी ६८ जना पक्राउ परेका हुन् । 

यस्तै ‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार पाँच सय ७१ गाडी पनि कारबाहीमा परेका छन् ।

कारबाहीमा परेकालाई कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइ बुझाइ गर्नुका साथै आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया