भारतीय प्रधानमन्त्री मोदीको अटोग्राफले विवाहको प्रस्तावै प्रस्ताव !

 साउन ११, २०७५ शुक्रबार १५:४४:२४ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सभामा समयमा एउटा टेन्ट लड्यो । जसका कारण मोदीको भाषण सुन्न आएका धेरै जना घाइते भए ।

घटनामा घाइते भएकी रीता मुदीलाई प्रधानमन्त्री मोदीले अस्पतालमै पुगेर अटोग्राफ  दिएका थिए । रीता एकाएक आफ्नो गाउँमा सेलिब्रिटी बनिन् । बाँकुराको क्रिस्टियन कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रीता कोलकाताबाट २३० किलोमिटर टाढा रानीबंध गाउँकी बासिन्दा हुन् । 

प्रधानमन्त्री मोदीको अटोग्राफ पाएका कारण रीताको चर्चा गाउँमा मात्रै होइन, अन्य राज्यमा पनि फैलियो । यहाँसम्म कि उनलाई विवाहको प्रस्तावसमेत आयो । उनी भन्छिन्, ‘ त्यो दिन जब मेरो सामू पीएम मोदीलाई देख्दा म अत्यन्तै खुशी भएकी थिएँ ।’ गएको जुलाई १६ मा रीता आफ्नी आमा र बहिनीसँग प्रधानमन्त्री मोदीको भाषण सुन्न मिदनापुर आएकी थिइन् । 

रीता र उनको परिवार टेन्टमूनि बसेको थियो । उनीहरुमाथि टेन्ट खसेपछि रीता घाइते भइन् । उनलाई उपचारका लागि अस्पताल लगियो । सभा सकिएपछि प्रधानमन्त्री मोदी घाइतेहरुलाई भेट्न अस्पताल पुगे । रीता भन्छिन्, ‘मैले प्रधानमन्त्रीसँग अटोग्राफका लागि अनुरोध गरेकी थिएँ । उहाँ अलि हिच्किचाउनु भएको थियो । मैले पुनः आग्रह गरेँ । त्यसपछि एउटा कागजको टुक्रामा प्रधानमन्त्री मोदीले लेख्नुभयो – रीता मुदी तिमी खुशी रहनु, नरेन्द्र मोदी ।’

रीता भन्छिन्, ‘यो घटना घटेको अर्को दिन हाम्रो घरमा त मान्छेकै भिड लाग्यो । सबै जना प्रधानमन्त्रीको अटोग्राफ हेर्न चाहन्थे ।’ रीताकी आमा सन्ध्या भन्छिन्, ‘मान्छेहरु हाम्रो घरमा अटोग्राफ हेर्न मात्रै होइन, विवाहकै प्रस्तावसमेत लिएर आए। एकजना त टाटानगर, झारखण्डका रहेछन् । केटाको व्यापार व्यवसाय रहेछ । उनले छोरी बाहेक केही मागेका छैनन । दोस्रो प्रस्ताव बांकुराबाटै आएको छ । केटाको खेतीकिसानी गर्ने प्रशस्त जमिन रहेको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया