प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनासबीच  इन्गेजमेन्ट भैसक्यो

 साउन ११, २०७५ शुक्रबार १८:५२:१९ | एजेन्सी
unn.prixa.net

अभिनेत्री  प्रियंका चोपडाले अमेरिकी पप गायक निक जोनासका साथ इन्गेजमेन्ट गरिसकेकी छिन् । 

अमेरिकी मिडियाहरुले  प्रियंकाले १८ जुलाईमा आफ्नो जन्मदिनमा निक जोनासका साथ औंठी साटासाट गरेको पुष्टि गरेका छन । खबरहरुका अनुसार प्रियंका र निकले विवाह गर्ने निर्णय गरिसकेका छन् । यस निर्णयबाट दुवै निकै खुशी रहेको खबरहरु आइरहेका छन् । निक जोनसको परिवार पनि प्रियंकाका साथ घुलमिल भइसकेको छ भने निकले पनि प्रियंकाको परिवारसँग भेटघाट गरिसकेका छन् । केही दिनअघि निक प्रियंकाका साथ उनकी आमालाई भेट्न भारत आएका थिए । 

खबरहरुका अनुसार निक र प्रियंकाको विवाह यही अक्टोबरमा हुनसक्ने सम्भावना रहेको छ । अभिनेत्री प्रियंका हिन्दू धर्मावलम्बी हुन भने निक जोनास क्रिस्चियन । तसर्थ यी दुवैको विवाह हिन्दू रीतिरिवाजमा हुने हो वा क्रिस्चियन रीतिरिवाजमा भन्ने कुराको कौतुहलता बढिरहेको छ । तर विवाह बारेमा प्रियंका र निक दुवैले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् ।  प्रियंका र निकका फ्यानहरु भने उनीहरुको विवाह निकै कौतुहलताका साथ पर्खिरहेका छन । 

प्रियंका सन् २०१६ देखि बलिउड सिनेमाबाट टाढा रहेकी छिन् । उनी अमेरिकी वेब सिरिज ‘क्वान्टिको’ मा काम गरिरहेकी छिन् । प्रियंका चोपडा ३६ वर्षकी भइन भने निक जोनास २५ वर्षका हुन । 


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया