हत्याको विरोधमा स्थानीयद्वारा प्रदर्शन, घटनास्थल नगएको भन्दै नगरप्रमुखविरुद्ध आक्रोश

 साउन ११, २०७५ शुक्रबार १९:५:३९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरमा एक जना किशोरी मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिका २ बस्ने करिब १४ वर्षीया निर्मला पन्त शुक्रबार बिहान वडा नम्बर १८ स्थित उखुबारी मृत अवस्थामा फेला परेकी हुन् । 

घटनाको बारेमा बुझ्न नगरप्रमुख सुरेन्द्र विष्टले घटनास्थल पुग्ने बताए पनि आफूहरुले पटक–पटक फोन गर्दा विभिन्न बाहाना गरेको भन्दै स्थानीय बासिन्दाले नगरप्रमुखविरुद्ध प्रदर्शन गरेका हुन् । 

घटनाको बारेमा बुझ्न बोलाउँदा नगरप्रमुख सुरेन्द्र विष्टले केही बेरमा आउने बताए पनि पछि विभिन्न बाहना गरेर घटनास्थल नपुगेकाले आफूहरुले त्यसको विरोधमा प्रदर्शन गरेको स्थानीय हरिष जोशीले बताउनुभयो । 

नगरप्रमुखले घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारबाही गर्ने आश्वासन दिए पनि घटनास्थलमै नपुग्दा आक्रोशित स्थानीयले नगरप्रमुखविरुद्ध नाराबाजी गरेका छन् । 

सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत पन्तको शव शुक्रबार वडा नम्बर १८ मा पर्ने यज्ञराज जोशीको उखुबारीमा फेला परेको थियो ।

उनको शरीरको माथिल्लो भागमा लुगा भए पनि तल्लो भागमा भने लुगा नभएकाले शारीरिक सम्बन्धपछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीले बताउनुभयो । 

‘पन्तको शव उखुबारीमा पानीमा घोप्टो परेको अवस्थामा थियो’, प्रहरी नायव निरीक्षक सेटीले भन्नुभयो, ‘शरिरको तल्लो भागमा लुगा छैन। भित्री लुगा पनि बायाँ खुट्टाबाट खोलिएको र दायाँ खुट्टामा मात्रै लगाइएको अवस्थामा छ ।’  

आक्रोशित स्थानीय बासिन्दाले नखरप्रमुख विरुद्ध नगरपालिकाको गेटामा नाराजुलुस गरेका छन् भने घटनाको विरोधमा बजार तथा राजमार्ग अवरुद्ध गरिएको छ ।  

भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार समेत गरेको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया