गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले ७ थरीका बहुमूल्य धातुहरूको निर्यात रोकेको छ । चीनले आफ्ना बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र मिसाइलसम्म सबै चिजहरू जम्मा गर्न आवश्यक पर्ने चुम्बकहरूको ढुवानीलाई पनि रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यी सामग्रीहरू अटोमोबाइल, अर्धचालक र एअरोस्पेस व्यवसायहरूका लागि निकै महत्त्वपूर्ण छन् । चीनको यो निर्णयले विश्वभरका मोटर गाडी, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ । यी सामग्रीहरू महँगा हुने खबरमा उल्लेख छ ।
चीनले अप्रिल ४ मा समेरियम, ग्याडोलिनियम, टरबियम, डिसप्रोसियम, ल्युटेटियम, स्केन्डियम र यिट्रियम गरी ७ बहुमूल्य धातुहरूको निर्यातमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो । आदेशानुसार यी बहुमूल्यय धातुहरू र तिनीहरूबाट बनेका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र देशबाट बाहिर पठाउन सकिन्छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने स्मार्टफोन र अन्य प्राविधिक उत्पादनहरूमा दिइएको कर छुट अल्पकालीन हुनसक्ने बताउनुभएको छ । ‘जस्तालाई त्यस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म पुगेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।