'लकडाउन'काे साताैँ दिन, अनावश्यक घरबाहिर निस्कन र गाडी चलाउन राेक

 चैत १७, २०७६ सोमबार ८:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – 'लकडाउन'को साताैँ दिन सोमबार पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । यस्तै लकडाउनको उल्लङ्घन गरी घरबाहिर निस्कनेलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।

सोमबार बिहानै काठमाण्डौबाट ६ सय ५४ जना, ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जना गरी सात सय ४० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई केही समय नियन्त्रणमा लिएर जताबाट आएको उतै फर्काइएको छ ।

यसैगरी प्रहरीले सोमबार बिहानै ८४ वटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ ।

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रणबाट बच्न सरकारले गएकाे मङ्गलबारदेखि साताव्यापी लकडाउन घाेषणा गरेकाे थियाे । काेराेनाकाे सङ्क्रमण फैलिरहेकाेले साेमबार बसेकाे बैठकले थप आठ दिन लकडाउनलाई निरन्तरता दिने निर्णय गरेकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया