बलिउडकै महंगो विवाह, रणवीर र दीपिकाले यस्तो ठाउँ रोजे

 साउन ११, २०७५ शुक्रबार २०:१२:२७ | एजेन्सी

अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् ।

फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा बिहे गर्ने पक्का गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ‘लेक कोमो’ इटालीको लोम्बार्डीमा पर्दछ । 

रणवीर र दीपिकाका आफन्तले जनाए अनुसार आउँदो नोभेम्बर १० उनीहरुको विवाह हुँदैछ । वैवाहिक समारोहमा रणवीर दीपिकाका नजिकका आफन्तको मात्रै सहभागिता रहनेछ । 

फिल्म इन्डस्ट्रीबाट विवाहमा कसैको पनि सहभागिता नरहने जनाइएको छ र अर्जुन कपूर रणवीरका नजिकका साथी भएकाले उनी भने सहभागी हुन सक्ने फिल्मफेयरले जनाएको छ ।

विवाहपछि दीपिका र रणवीरले मुम्बईमा पूरै बलिउड इन्डस्ट्रीका लागि रिसेप्सन पार्टी राख्नेछन् । 

रणवीर र दीपिकाको विवाह बलिउडकै अहिलेसम्मकै महंगो हुने बताइएको छ । 


 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया