कस्तो देखियो २१ औँ शताब्दीकै लामो चन्द्रग्रहण ?

 साउन ११, २०७५ शनिबार ५:२८:२८ | एजेन्सी

२१औँ शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण शुक्रबार राति नेपालसहित विश्वका धेरै देशमा देखियो । 

शुक्रबार लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।  

राति १२ बजेर ९ मिनेटमा सुरु भएको ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाकेको थियो ।

अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखेका थिए । त्यसपछि ग्रहण क्रमशः कम हुँदै गएर राति ४ बजेर ४ मिनेटमा सकिएको थियो ।

चन्द्रग्रहण सुरु भएपछि पहिले कालो हुँदै बिस्तारै रातो भएको थियो । त्यसैले यसलाई ‘ब्लड मून’ पनि भनिन्छ । 

नासाले अनुसार यो २१ औँ शताब्दीकै लामो चन्द्रगहण ३ घण्टा ५५ मिनेटको भएको जनाएको छ । 

तस्बिरहरु - बीबीसीबाट
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया