इमरान खानका विरोधीले गरे पुनः चुनाव गराउन माग

पीपीपीसँग मिलेर सरकार बनाउने प्रबल सम्भावना

 साउन १२, २०७५ शनिबार ५:५९:२४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा एउटा राजनीतिक दलकाे समूहले बुधबार भएको संसदीय चुनावको नतिजालाई अस्वीकार गरेको छ । उनीहरुले चुनावमा धाँधली भएको भन्दै नजिता अस्वीकार गरेका हुन् । 

शुक्रबार इस्लामाबादमा भएको बैठकमा पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज(पीएमएल–एन) का प्रतिनिधिसमेत सहभगी थिए । बीबीसीका अनुसार बैठकमा सहभागी एक नेताले नयाँ शीराबाट पुनः चुनाव हुनुपर्ने बताएका छन् । 

चुनावमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ(पीटीआई) सबैभन्दा ठूलो दलका रुपमा उदाएको छ भने शरीफको पार्टी दोस्रो भएको छ ।

बैठकपछि नवाज शरीफका भाइ शाहबाज शरीफले आफ्नो पार्टीले संसद बहिष्कार गर्ने फैसला गरिनसकेको बताएका छन् । यसभन्दा पहिले नवाज शरीफको पार्टीले चुनावी नतिजा स्वीकार गर्दै आफू विपक्षमा बस्ने जनाएको थियो । 
फेरि चुनाव गराउन माग

मुत्ताहिदा मजलिस–ए–अमल(एमएमए)का नेता मौलाना फजलुर रहमानले बैठकपछिको पत्रकार सम्मेलनमा फेरि चुनाव हुनुपर्ने माग राख्दै भने, ‘हामी पुनः चुनाव गराउनका लासग अभियान चलाउँछौँ । यसका लागि विरोध प्रदर्शन पनि हुनेछ ।’

चुनावी परिणामपछिको संयुक्त रणनीति बनाउनका लागि बोलाइएको बैठकमा एक दर्जन भन्दा राजनीतिक दलको सहभागिता रहेको थियो । चुनावमा तेस्रो स्थान हात पारेको पाकिस्तान पिपल्स पार्टी भने बैठकमा सहभागी थिएन । 

पाकिस्तानमा सरकार बनाउनका लागि १३७ सिट आवश्यक पर्दछ । इमरान खानको पार्टीले ११६ सिटमा जित हात पारेको छ । त्यस्तै भ्रष्टाचार मुद्धामा जेल सजाय भोगिरहेका पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पीएमएल–एन ले ६४ सिट हात पारेको छ । आउँदो पाँच वर्षका लागि पीएमएल–एन विपक्षमा बस्ने लगभग तय भएको छ । त्यस्तै बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपल्स पार्टीले ४३ सिटमा जित हात पारेको छ । प्रत्यक्ष निर्वाचित हुने २७२ सिटमध्ये अन्यमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

पीपीपी र इमरान खानको पार्टी मिलेर सरकार बनाउने प्रबल सम्भावना रहेको बताइएको छ । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया