आईएएफले रुसमाथिको प्रतिबन्ध अझै हटाउन चाहेन

 साउन १२, २०७५ शनिबार ६:११:२२ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएफ)ले रुसमाथिको प्रतिबन्धलाई अझै फुकुवा नगर्ने भएको छ । प्रतिबिन्धत औषधीलाई राज्यले नै प्रयोग गर्न दिएको भनेर आईएएफले रुसलाई लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक काम भएपछि महासंघले भने फुकुवाका लागि लचिलो देखिएको छैन ।

सन् २०१५ को नाभेम्बरमा राज्य प्रायोजित प्रतिबन्धित औषधी प्रयोग गरेको भन्दा आईएएफले रुसलाई पहिलो पटक प्रतिबन्ध लगाएको थियो । तर त्यो प्रतिबन्ध फुकुवाका लागि रुसले धेरै लचकता अपनाएको थियो । यसैमा पनि अबको १० दिनपछि बर्लिनमा युरोपियन च्याम्पियनसिपन हुँदैछ । 

तर रुसमाथिको प्रतिबन्ध फुकुवा हुने सम्भावना निकै कम छ । फुकुवाका लागि रुसले सकारात्मक काम गरेको बताए पनि आईएएफका अध्यक्ष लर्ड कोयले अझै केही समस्या बाँकी रहेको बताएका छन । केही ठाउँमा सकारात्मक काम भएका भए पनि अझै पूर्ण रुपमा प्रतिबन्ध फुकुवा नै गर्ने किसिमले काम नभएको उनले बताए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया