नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
काठमाडौं - पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो ।
हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन् । नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ ।
सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुनेलगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सकको भनाइ छ ।
संसारमा हेपाटाइटिस बि र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदरभन्दा डाक्टरहरु बताउँछन् । कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् । हजारभन्दा कम मूल्यमा पाइने खोप उपलब्ध भए तापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
चिकित्सकका अनुसार संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्नसक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्छ । रक्तसञ्चारका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस बी र सीको परीक्षण गरेरमात्र रक्तदान गर्ने, मेडिकल उपकरण तथा औजारलाई स्टेरिलाइजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ र असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ ।
शनिबार विश्व हेपाटाइटिस दिवस, बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । यसै सन्दर्भमा साथी विना न्यौपानेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा अखिलेशकुमार कश्यपसँग हेपाटाइटिस कस्तो रोग हो र यसबाट कसरी बच्न सकिन्छ भनेर कुराकानी गर्नु भएको छ ।
हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस ए देखि इ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन् । तुलनात्मक रुपमा बढी घातक मानिएको हेपाटाइटिस बी र हेपाटाइटिस सी रहेको छ । नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुईलाख पचासहजार मानिसमा हेपाटाइटिस बी र झण्डै एकलाख तीस हजार मानिसमा हेपाटाइटिस सी रहेको अनुमान गरिएको छ ।
नेपालमा करिब दुईलाख पचासहजार मानिसमा हेपाटाइटिस बी र करिब एकलाख तीस हजार मानिसमा हेपाटाइटिस सी भएको अनुमान गरिएको छ ।
हेपाटाइटिस बी र हेपाटाइटिस सीले कलेजोको क्यान्सर गराउँदछ र मानिसको अकाल मृत्यु हुन्छ । कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हेपाटाइटिस बी र हेपाटाइटिस सी ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । क्यान्सरबाट मृत्यु हुने १२ जनामध्ये एकजनामा कलेजोको क्यान्सर हुने गरेको देखिएको छ । पछिल्ला दिनहरुमा एचआइभी एड्स, क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइएपनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।
हरेपाटाइटिस बी आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखि ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बी दीर्घकालीन संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।
भाइरल हेपाटाइटिसबारे धेरैलाई थाहा नभएका विश्वव्यापी तथ्यहरु छन् । हेपाटाइटिस बी र सी बाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ । कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् । संसारभरका ३० करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहा नै छैन ।
साधारणतया फिबर हुन्छ । ज्वरो आउने, जीउ दुख्ने, जण्डिस हुने, आँखा पहेंलो हुने, पिसाब पहेंलो हुने लक्षण देखिन्छ ।
हेपटाइटिस बीबाट संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । हेपाटाइटिस सी भने यसरी कम सर्छ ।
अर्काे हेपटाईटिस सी सिरिन्ज शेयर गर्दा धेरै सर्ने गरेको छ, जस्तै ट्याटु बनाउँदा ।
त्यसबाहेक रक्तसंचारको क्रममा साबधानी नअपनाउँदा पनि सर्न सक्छ ।
मेडिकलका औजारहरुलाई स्टेरिलाइजेशन नगर्दा पनि सर्न सक्छ ।
लाग्ने बित्तिकै उपचार गर्यो भने त खासै असर गर्दैन । औषधीले ठीक हुन्छ । तर पहिले ध्यान नदिने हो भने पछि क्यान्सर हुन्छ । र अकाल मृत्यु हुन सक्छ ।
छ । अहिले हेपाटाइटिस सीको १२ हप्तासम्म उपचार गरियो भने ९५ देखि १०० प्रतिशतसम्म उपचार हुन्छ । बीको पुरै ठिक नभए पनि क्यान्सर हुनबाट जोगाउन यसले सहयोग गर्छ । हेपाटाइटिस बीको संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस सी को संक्रमण भएका ८० प्रतिशत मानिसलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाइलाई पनि संक्रमित बनाइरहेका छन् । त्यसैले आफू पनि सचेत हुनु पर्छ ।
हेपाटाइटिस सीको त अहिलेसम्म भ्याक्सिन बनेको छैन । तर हेपाटाइटिस बीको चाहिँ सबै ठाउँमा उपलब्ध छ । हिजोआज त बच्चाहरुलाई पनि खोपमा नै दिने चलन छ । यदि वयस्क छ भने् पनि तीनवटा डोज लिँदा हुन्छ । पहिलोपटक लिँदा शून्य भयो भने एक महिनापछि अर्काे र ६ महिनापछि अर्काे लियो भने पूरा हुन्छ ।
सबैभन्दा पहिला त जाँडरक्सी पिउन हुँदैन ।
चिल्लो खानेकुरा खान हुँदैन ।
अनि औषधीको नियमित सेवन गर्नु पर्छ ।
संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सी को परीक्षण गर्र्नुपर्छ । सिरिन्ज शेयर गर्न हुँदैन ।
रक्तसंचारका क्रममा सावधानी अपनाउनुपर्छ र हेपाटाइटिस बी र सी को परीक्षण गरेर मात्र रक्तदान गर्नुपर्छ । मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाइजेशन नगरी दाँतको उपचार तथा असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । त्यसैले यसमा ध्यान दिनुपर्छ ।
ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाइजेशन नगर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । यस्तै व्यक्तिगत सरसफाइमा प्रयोग हुने औजार तथा उपकरण जस्तै टुथब्रस, रेजर आदि शेयर गर्दा पनि यो रोग सर्ने संभावना बढी हुन्छ । त्यसैले यी कुरामा विशेष ध्यान दिनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।