बेलायती साइकलिस्ट थोमस टुर दी फ्रान्सको उपाधि नजिक

 साउन १२, २०७५ शनिबार ६:४३:२८ | एजेन्सी
unn.prixa.net

बेलायती साइकलिस्ट गेराइन्ट थोमस विश्व चर्चित साइकल र्याली टुर दी फ्रान्सको उपाधि नजिक पुगेका छन । १९ चरणको रेसमा दोस्रो स्थानमा रहेका थोमस ओभरअल पोजिसनमा शीर्ष स्थानमा रहदै उपाधि नजिक पुगेका हुन ।

टुर दी फ्रान्सको रुट अन्तर्गत कठिन मानिएको माउन्टेन साइटको अन्तिम तथा ओभरअलमा १९ औँ चरणको उपाधि प्रिमोज रोजलिचले जिते पनि ओभरअल पोजिसमा बेलायती चालक थोमसले अग्रता कायमै राखेका छन ।

रोजलिचले १९औँ चरणको रेसमा कुल पाँच घण्टा, २८ मिनेट १७ सेकेण्डको समय लगाउँदै उपाधि जिते । रेसमा थोमस रोजलिच भन्दा मात्र १९ सेकेण्डले पछि परे । तर पनि ओभरअलमा थोमसले ७९ घण्टा ४९ मिनेट ३१ सेकेण्ड समयका साथ पहेँलो जर्सीलाई कायमै राखेका छन ।

दोस्रो स्थानमा रहेका नेदरल्याण्ड्सका टोम डुमोउलिनले १९ औं चरणमा ६ सेकेण्ड बोनस पाएपनि थोमसलाई दुई मिनेट ५ सेकेण्डले पछि परेका छन । अब रेसमा दुई चरण बाँकी हुँदा थोमस कुनै ठूलो मार्जिनले पछि नपरे उपाधि जित्नेछन ।

पूर्व च्याम्पियन क्रिस फ्रोम चौथो स्थानमा छन । उनी थोमस भन्दा दुई मिनेट ३७ सेकेण्डले पछि छन ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया