अहिलेसम्मकै महंगो रकम तिरेर रियल मड्रिडले हाजार्डलाई भित्र्याउने हिम्मत गर्ला त ?

 साउन १२, २०७५ शनिबार ७:२२:३ | एजेन्सी
unn.prixa.net

इंग्लिस क्लब चेल्सीले  बेल्जियन खेलाडी इडेन हाजार्डलाई विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउण्डमा बेच्ने जनाएको छ । 

इडेन हाजार्डका लागि रियल मड्रिड पहिलो रोजाइृ भए पनि रियलले त्यति धेरै पैसा खर्च गरेर उनलाई भित्र्याउन भने आँट गरेको छैन । रोनाल्डोलाई बेचेपछि रियलले उनको विकल्पमा खेलाडी खोजिरहेको छ ।

चेल्सीका मुख्य प्रशिक्षक माउरीजिओ सारी हाजार्डलाई बेच्ने पक्षमा नभए पनि हाजार्ड भने नयाँ सम्झौता गर्ने पक्षमा छैनन् । चेल्सीसँगको सम्झौता अझै २ वर्ष बाँकी भए पनि प्रति हप्ता ३ लाख पाउण्ड पाउने नयाँ सम्झौता भने हाजार्डले गरेका छैनन् । 

चेल्सीले बेल्जियन गोलरक्षक थिबाउट कोट्वामाथि पनि आँखा लगाइरहेको छ । त्यस्तै युभेन्टसका डिफेन्डर ड्यानियल रुगानी र मातियो क्यालदारासँग पनि चेल्सीले कुरा गरिरहेको छ । 

चेल्सीले हाजार्ड नेइमार भन्दा पनि महंगा खेलाडी भएको विश्वास गर्दै २ सय मिलियन पाउण्ड नपाएसम्म बेच्ने पक्षमा छैन । नेइमारलाई पेरिस सेन्ट जर्मेइन(पीएसजी) ले एक सय ९८ मिलयन पाउण्डमा किनेको थियो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया