जुम्लाका चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ

 चैत १९, २०७६ बुधबार ११:५१:२० | नेत्र शाही
unn.prixa.net

खलङ्गा–जुम्लामा कोरोना सङ्क्रमित भनी आशङ्का गरिएका चार जना बिरामीको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको स्वाब सङ्कलन गरी काठमाण्डौ पठाइएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले चारै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।  प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिनुभयो । 

प्रतिष्ठानले ३ दिनअगाडि जुम्लाबाट एम्बुलेन्समा नेपालगञ्ज हुँदै रिपोर्ट काठमाण्डौ पठाएको थियो । रिपोर्ट नेगेटिभ आएपछि जुम्ला सुरक्षित छ भन्ने आशा जगाएको छ ।

भारतबाट आएका जिल्लाको तातोपानीका एक जना र उनका छोरालाई ज्वरो आएपछि आइसोलेसनमा राखिएको थियो । अहिले जुम्लाका स्थानीय सरकारले भारत र तेस्रो मुलुकबाट आएका ७२ जनालाई क्वरेण्टीनमा राखेको स्थानीय प्रशासनको तथ्याङ्कमा उल्लेख छ  । 

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च स्तरको तयारी थालेको छ । प्रतिष्ठानका डाक्टर धिरज गुरुङको संयोजकत्वमा चिकित्सकको टोली खटाइनुका साथै प्रतिष्ठानका १ सय २० बेडलाई आइसोलेसन वार्ड बनाइएको छ । 

कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पताललाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया