श्रीलंकन ओपनिङ ब्याट्म्यान दानुष्का गुणतिलकमाथि ६ खेलकाे प्रतिबन्ध, यस्ताे छ कारण

 साउन १२, २०७५ शनिबार ८:१९:१९ | एजेन्सी
unn.prixa.net

श्रीलंकाका ओपनिङ ब्याट्सम्यान दानुष्का गुणतिलक प्रतिबन्धमा परेका छन् । 

उनी बसेको होटेलमा उनका साथीले नर्वेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि गुणतिलकमाथि पनि अनुसन्धान जारी छ । २७ वर्षीय गुणतिलक अनुसन्धानका क्रममा रहेकाले ६ खेलको प्रतिबन्ध लागेको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ । 

उनका साथी सन्दीप जूड सेलिहासँगै नर्वेका दुई जना महिला उनीहरुको कोठामा गएका थिए । तर सन्दीपमाथि बलात्कारको आरोप लागेपछि गुणतिलकलाई अहिले ६ खेलको प्रतिबन्ध लागेको हो ।  श्रीलंका पुलिसका अनुसार गुणतिलकमाथि कुनै पनि आरोप छैन् ।

तर क्रिकेट बोर्डले टिम अनुशासन तोडेको भन्दै कारबाही गरेको हो । घटना श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि भए पनि हालै मात्र सार्वजनिक भएको हो ।

खेलाडी आचारसंहिता अनुसार खेलका दौरान खेलाडीहरु होटेलमा बस्दा आफ्नो कोठामा कसैलाई पनि लैजान पाइँदैन । त्यही निमय गुणथिलले उल्लंघन गरेका हुन्  । अब गुणतिलक अफ्रिका विरुद्धको पाँच एकदिवसीय र टी ट्वान्टी खेल्न पाउने छैनन् ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया