सलाहलाई लडाउने रामाेस फुटबलर हुन् कि रेसलर ? : लिभरपुल प्रशिक्षक क्लोप

 साउन १२, २०७५ शनिबार ८:४२:३० | एजेन्सी
unn.prixa.net

इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले च्याम्पियन्स लिगको फाइनलमा सर्जियो रामोसले मोहम्मद सलाहमाथि गरेको फाउल कुनै रेस्लिङ खेलाडीको भन्दा कम नभएको बताएका छन् ।

गएको मे महिनामा भएको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो ।

लिभरपुलका मुख्य खेलाडी मानिएका सलाहलाई रियलका डिफेन्डर रामोसले फाउल गरेर घाइते बनाएका थिए । जसका कारण उनले पूरै खेल खेल्न मात्र सकेनन्, विश्वकपको पहिलो खेलसम्म मैदानबाहिर बसेका थिए ।

च्याम्पियन्स लिग फाइनलको दुई महिनापछि बोल्दै क्लोपले रामोसको त्यो व्यवहार कुनै रेस्लरको भन्दा कम नभएको र निकै खराब रहेको बताए ।

६३ दिनपछि मुख खोलेका क्लोपले रामोसले त्यो खेलमा देखाएको व्यवहार निकै खराब रहेको र व्यक्तिगत रुपमा पनि रामोस प्रतिको धारणा नकारात्मक रहेको बताए । साथै उनले सलाह फेरि एकपटक प्रिमियर लिगमा उत्कृष्ट खेल्ने पनि बताए ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया