भारतीय प्रहरीको दुःख छल्दा नेपालीद्वारा नै यसरी लुटिए ३ युवा

 साउन १२, २०७५ शनिबार १२:२१:३४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – भारतमा रोजगारी गरी घर फर्किँदै गरेका तीन नेपाली पश्चिमी सीमानाका महाकालीमा लुटिएका छन् । 

भारतमा काम गरेर घर फर्किँदै गरेका कैलालीका तीन जना युवा शुक्रबार महाकाली नगरपालिका –१, मा लुटिएका हुन् । उनीहरुलाई प्रहरीले अचेत अवस्थामा फेला पारेको हो । 

यसरी लुटिनेमा कैलालीको लम्कीचुहा नगरपालिका –९, प्रतापुरका गौरव चौधरी, राजेश चौधरी र सीताराम चौधरी रहेका छन् । उनीहरु शुक्रबार भारतबाट काम गरेर घर फर्किदै गर्दा सीमानाकामा नेपालीबाटै लुटिएका हुन् । 

उनीहरुलाई महाकाली नगरपालिका –१, मा बेहोश अवस्थामा फेला परेका परेको इलाका प्रहरी कार्यालय दोधराले जनाएकोे छ । उनीहरुको साथमा रहेको नगद, मोबाइल र झोला समेत लुटिएको प्रहरीको भनाई छ । 

दोधारा स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि उनीहरुको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरेको छ । राजेश र गौरवको होश आए पनि सीताराम भने अझै अचेल अवस्थामा रहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । 

बनबासाबाट खाना खाएर पत्रिकाको गाडीमा फर्किँदा बनबासाबाट सँगै आएका नचिनेका साथीले चिसो खान दिएको बताउनुभयो । उनीहरुले शारदा ब्यारेबाट जाँदा भारतीय पुलिसले दुःख दिनेभन्दै आफूहरुलाई दोधारा चाँदनीको पुलबाट सजिलो हुने बताएपछि उनीहरुसँगै आएको उहाँले बताउनुभयो । 

‘हामी तीन जाना साथी थियौँ । बनबासाबाट तीनजना अरु नेपाली सँगै आए’, पीडत राजेश चौधरीले भन्नुभयो, ‘हामी गाडीमा चढिसकेका थियौँ । उनीहरुले पछाडिबाट आएर चिसो खान दिए । त्यसपछि केही थाहा छैन ।’

उनीहरु रोजगारीका लागि दुई साताअघि भारतको हिमाञ्चल प्रदेशको शिमला गएका थिए । त्यहाँ काम गर्न नसकेपछि घर फर्किने क्रममा सीमावर्ती बजार बनबासाबाट नेपाल फर्किने क्रममा लुटिएको पीडित गौरवकी दिदी सपना चौधरीले बताउनुभयो । नेपालीहरुले नै चिसोमा नशालु पदार्थ मिसाएर खुवाइएर आफ्नो भाइलाई लुटेको उहाँले बताउनुभयो । 

उनीहरुलाई कुन औषधि खुवाइयो भन्ने खुल्न नसके पनि अवस्था भने खतरामुक्त रहेको महाकाली अञ्चल अस्पतालका मेडिकल अधिकृत मो. नसख्रु अंसारीले बताउनुभयो । 

भारतबाट रोजगारी गरी घर फर्किने क्रममा सीमावर्ती क्षेत्रमा बर्सेनि नेपाली लुटिने गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया