इमरान खानलाई बधाई दिँदा ऋषि कपूरलाई यसरी उडाइयो

 साउन १२, २०७५ शनिबार १२:५६:० | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता ऋषि कपूर आफ्ना विवादित ट्वीटका कारण सधैँ चर्चामा आउने गर्छन् । उनी विवादका पर्याय नै हुन् भन्दा पनि हुन्छ । फेरि एकपल्ट उनी एउटा ट्वीटका कारण विवादमा परेका छन् । 

पाकिस्तानमा भएको संसदीय चुनावमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पीटीआई सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको छ । यसकै बारेमा कपूरले गरेको ट्वीटका कारण उनी विवादमा परेका छन् । उनले इमरान खान पाकिस्तानी प्रधानमन्त्री बनेपछि भारत–पाकिस्तानबीचको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेका छन् । 

ऋषि कपूरले दुई देशबीचको सम्बन्ध सुध्रिने कुरा मात्रै होइन, आफ्नो आउँदै गरेको चलचित्र ‘मुल्क’ को प्रमोशन पनि गर्न भ्याए । त्यसपछि के चाहियो ? उनी सामाजिक सञ्जालमा ट्रोल नै भए । 

अभिनेता ऋषि कपूरको ट्वीट यस्तो थियो, ‘तपाईँले निकै राम्रो काम गर्नुभयो इमरान खान । भारत र पाकिस्तानका बारेमा तपाईँले पछिल्ला दुई दिनमा जे कुरा भन्नुभयो । म पनि त्यही कुरा निकै लामो समयदेखि कुरिरहेको थिएँ । म आशा गर्दछु कि तपाईँ आफ्नो ‘मुल्क’ र मेरो ‘मुल्क’ बीचको सम्बन्ध सुधार्न सहयोग गर्नुहुनेछ ।’

ऋषि कपूरको ट्वीट भारतीय प्रशंसकले मन पराएनन् । खासगरी आफ्नो फिल्मको प्रचारमा इमरान खान र पाकिस्तानी चुनावको सहारा लिएकोमा धेरैले आपत्ति जनाए । एक जनाले ट्वीट गर्दै आफ्नो प्रतिक्रिया दिएका छन्, ‘यहाँ पनि आफ्नै चलचित्रको प्रमोशन । अंकलजी गलत कुरा ।’ अर्का व्यक्ति ऋषि कपूरलाई उडाउँदै लेख्छन्, ‘‘मुल्क’ उनीहरुको हो, हाम्रो त ‘देश’ हो ।’

बिहीबार चुनावी नतिजा आएपछि इमरान खानले पत्रकार सम्मेलन गर्दै भारतीय मिडियाले आफूलाई बलिउडको भिलेनका रुपमा प्रस्तुत गरेको आरोप लगाएका थिए । उनले भारतसँगको सम्बन्ध सुधारमा आफू लाग्ने पनि बताएका थिए । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया