काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
सुनसरी – प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई एक नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ ।
उहाँले तालतलैया क्षेत्रलाई अझ व्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न निजी सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईले इटहरी उपमहानगरपािलका– ३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको आज उद्घाटनपछि बोल्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री राईले एक नम्बर प्रदेशलाई नेपालकै सुन्दर, समृद्ध र सवल प्रदेशका रुपमा उभ्याउन आफू गम्भीर भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद एवं इटहरीको तालतलैया क्षेत्रको परिकल्पनाकार सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, वडा नं ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट र तुलाराम लिम्बूगायतले बोल्नुभएको थियो ।
तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्वूले कार्यक्रमको अध्यक्षतासहित आफ्नो धारणा राख्नुहुँदै मोटरबोट साढे आठ लाख रुपैयाँमा आयात गरेको तथा उक्त मोटरबोटमा एक पटकमा १० जना मानिस राखेर जलविहारको थप पूर्वाधार खडा गरेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।