दाङका चारवटा साना नाकामा सशस्त्र प्रहरी खटाइयो

 चैत २३, २०७६ आइतबार १०:२३:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – छिमेकी देश भारतमा कोरोना भाइरसका बिरामी बढेसगै दाङका सीमावर्ती क्षेत्रका थप ४ वटा नाकामा आज आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन् ।

ससाना नाका र चोरबाटो हुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गर्न सक्ने भन्दै चारवटा साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।  

सिमावर्ती भौरीसाल, पटौली, भौवा र गुरुङनाकामा सशस्त्र प्रहरी बल खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । लकडाउनसँगै जिल्लाका सानाठूला गरी २६ वटा नाका अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया