नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नियन्त्रण गर्न गएका दुइ अग्नि नियन्त्रकको मृत्यु भएको छ।
ठूलो क्षेत्रमा फैलिएको विशाल आगलागीबाट दशौं हजार नागरिकहरु घर छोडेर अन्यत्र भाग्न बाध्य भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको शास्ता काउण्टीमा लागेको अागाेको लप्कालाई हावाले झन ठूलो आगोको आँधीमा परिणत गरेको र त्यसले रुखहरु जरैसमेत लडाउनुका साथै कारहरुलाई पल्टाइरहेको छ ।
क्यार फायरका नामले चिनिएको विशाल आगलागीले कम्तीमा पाँच सय संरचना नष्ट गरिसकेको छ भने हज्जारौं घर जोखिममा परेका छन् ।
अग्निनियन्त्रकहरु आगलागी नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् । तर अहिलेसम्म पाँच प्रतिशत जति मात्र नियन्त्रणमा आएको छ ।
यो विशाल आगलागी गएको सोमबार सुरु भएको र यसले अहिलेसम्म करीब ४८ हजार एकड बराबरको भूभाग खरानी बनाइसकेको छ ।
आगलागीकाे कारण अझै अज्ञात छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।