महाराष्ट्रमा भयानक बस दुर्घटना: बसमा रहेका ३४ यात्रुमध्ये ३३ को मृत्यु

 साउन १२, २०७५ शनिबार १८:४६:१२ | एजेन्सी
unn.prixa.net

भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ । 

दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले बताएको छ । 

बसमा ३४ जना यात्रु रहेको रायगढका जिल्ला कलेक्टर विजय सूर्यवंशीले जनाएका छन् । एक जना घाइतेलाई उद्धार गरिएको छ । कुहिरोका कारण घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हुृन सक्ने प्रहरीले जनाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘महाराष्ट्रको रायगढमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति संवेदना छ ।’

   भ्रमणमा जानुअघि सामूहिक तस्बिर खिचाउँदै दापाेली कृषि विश्वविद्यालयका कर्मचारीहरु

महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 

कांग्रेस अध्यक्ष राहुल गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । 

 

गएको बिहीबार महाराष्ट्रकै कोल्हापुरमा नदीमा बस खस्दा १३ जनाको ज्यान गएको थियो । 


 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया