चार दिन पैदल हिँडेर सन्धिखर्क आइपुगेका मजदूरको उद्धार

 चैत २८, २०७६ शुक्रबार १८:९:५४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – चार दिन पैदल हिँडेर सन्धिखर्क आइपुगेका तीन जना मजदूरको सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्काले उद्धार गर्नुभएकाे छ ।

देश नै लकडाउन भएर काम नपाएपछि म्याग्दीबाट पैदल हिँडेर आफ्नो घर दाङ्ग जान हिँडेका तीन जना मजदूर चार दिनको पैदलयात्रा पछि बिहीबार राति सन्धिखर्क आइपुगेका थिए । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ बिजौरी घर भएका ती युवाहरु डेढ महिनाअघि कामको सिलसिलामा म्याग्दीको बेनी पुगेका थिए ।

'बाटोबाटोमा प्रहरीले सोध्छ, कहाँ जान हिँडेको भन्छ, हामी आफ्नो समस्या राख्छौँ, उनीहरुले हिँड्न दिन्छन् त्यसैगरी हिँडेका छौँ', उनीहरुले बताए । बेनीबाट रत्नेचौर, भीमपोखरा, घोडा बाध्नी, नयाँठाटी,  खरबाङ्ग, टक्सार, तम्घास हुँदै सन्धिखर्क आइपुगकाे तीन जनालाई सन्धिखर्क १२ वडाका अध्यक्ष तथा तरुण दलका अध्यक्ष नारायण खड्काले आफ्नो घरमा बसालेर खानपिनको व्यवस्था गर्नुभयाे । 

शुक्रबार बिहानको नास्ता समेत खुवाएर बाटो खर्च दुई/दुई हजार रुपैयाँ दिएर अध्यक्ष खड्काले उनीहरुलाई बिदा गर्नुभएकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया