काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - 'मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो ।
सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षण हुने सातदोबाटोस्थित एन्फा फूटबल मैदानमा शनिबार महिला पत्रकार एक आपसमा भिड्दाको दृष्यले छुट्टै रौनक दिएको थियो ।
अघिपछि खेलकूदका समाचार संकलन गर्न जाने महिला सञ्चारकर्मीले शनिबार आफैँ खेलाडी बनेर फूटबलको मज्जा लिए । अन्य प्रतियोगिता चल्दा हातमा क्यामेरा र बुम लिएर प्यारफिटबाट कसले गोल हान्छ भनेर कुर्ने उनीहरु आज आफैँ कसरी गोल हान्ने भनेर बलको पछि दगुरे ।
नेपाल पत्रकार महासंघ महिला विभागले पहिलो पटक ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगितामा प्रिन्ट, टेलिभिजन, अनलाइन र रेडियोमा कार्यरत महिला सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल खेलाइएको हो ।
प्रतियोगितामा अचम्म के रह्यो भने महिला पत्ररकारमा फूटबलको सामान्य नियम पनि जानकारी नभएको पाइयो । जब खेलमा फल हुन्थ्यो महिला रेफ्रीले सिठी फुकेर फल लिन्थिन् तर, खेलाडी मैले फल गरेको छैन भन्दै रेफ्रीको निर्णयको प्रतिवाद गर्थे । कस्तो गल्तीमा फ्रिकिक, कर्नर र थ्रो गर्ने भन्ने सामान्य ज्ञानसमेत खेलाडीमा देखिएन ।
तीन वर्षअघिदेखि एन्फामा रेफ्रीका रुपमा कार्यरत राधिका शाक्यले खेल अचम्मको भएको प्रतिक्रिया दिइन् । महिला सञ्चारकर्मीमा फूटबलबारे सामान्य खाले जानकारीसमेत नभएको उनले बताइन् । खेलमा धेरै गल्ती भए पनि आफूहरुले कार्ड प्रयोग गर्नुको सट्टा खेलाडीलाई सम्झाउँदै खेल खेलाएको बताइन् ।
भर्खरै सगरमाथा अरोहण गरेकी कारोबार राष्ट्रिय दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मैदानमै गएर फूटबल खेलेको जीवनकै पहिलो अनुभव भएको बताइन् । उनले भनिन्, “रमाइलो भयो तर, नियमपूर्वक खेल्न सकिएन ।”
त्यस्तै कान्तिपुरकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव पनि उस्तै रह्यो, उनले भनिन् “फूटबल खेल्न भन्दा फोटो खिच्नै सजिलो ।”
अर्की सञ्चारकर्मी प्रगति ढकालले मैदानमै फूटलब खेलेको पहिलो अनुभव भएको बताउँदै यस्ता खाले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन् ।
महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।
प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।
विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन ।
प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।
विजेता टोली रेडियोलाई १–२ गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।