इण्डोनेसियामा भूकम्प : १० जनाको मृत्यु, कयौँ भवनमा क्षति

 साउन १३, २०७५ आइतबार ९:५१:२ | एजेन्सी
unn.prixa.net

इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ ।  लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लोम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । 

भूकम्पका कारण कयौँ भवनमा समेत क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । उनीहरुले केयौँ भवनमा क्षति पुगेको तर यकिन जानकारी आइनसकेको बताएका छन् । 

सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया