नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडौं – आज विश्व बाघ दिवस, समृद्धिका लागि बाघ संरक्षण भन्ने नारासहित नेपालमा पनि मनाईंदैछ । बाघ दिवसको अवसरमा आज चितवनमा विशेष कार्यक्रम हुँदैछ ।
वासस्थानका कारण बाघ संरक्षणमा चुनौती बढेको छ । नेपालमा २३२ भन्दा केही बढी संख्यामा बाघ रहेको सरकारी तथ्यांक छ । सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । बाघको संख्या बढे पनि चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घट्दा सरकारले विश्व बाघ दिवसको अवसरमा सार्वजनिक गर्न लागेको तथ्यांक प्रभावित भएको छ ।
गएको पाँच वर्षमा बाघको संख्या बढेकोे सरकारी तथ्यांङक छ । सन् २०१३ मा नेपालभर बाघको संख्या १९८ रहेकोमा यस वर्ष ३४ भन्दा बढी बाघ बढेर २३२ भन्दा बढी पुगेको निकुञ्ज विभाग स्रोतले जनाएको छ । विभाग स्रोतका अनुसार शुक्लाफाँटामा बाघको संख्या सन् २००९ मा भन्दा बढेको छैन भने चितवनमा अघिल्लो गणनाभन्दा २२ बाघ घटेको तथ्यांक प्राप्त भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।