परदेशमा समस्यामा भए फोन गर्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

 बैशाख ३, २०७७ बुधबार १४:१४:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? काम गर्ने कम्पनीले कामबाट निकालेको छ अथवा यस्तै अरु समस्या छन् ?

यदि छन् भने तपाईं आफ्नो समस्या वैदेशिक रोजगार व्यवसायी संघ समक्ष राख्न सक्नुहुन्छ ।

कम्पनीले कामबाट अवकाश दिएमा, तलब नदिएमा, खाना बस्न नदिएमा तथा लकडाउन खुलेपछि नेपाल फर्काउने भनेको छ भने आफूहरुलाई खबर गर्न वैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ ।

यदि तपाईंलाई यस्तो समस्या छ भने वैदेशिक रोजगार व्यवसायी संघको फेसबुक पेज https://www.facebook.com/nafeaorg मा म्यासेज गर्न सक्नुहुन्छ ।

यस्तै वैदेशिक रोजगार व्यवसायी संघका सदस्यहरुलाई व्यक्तिगत रुपमा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिने संघले जनाएको छ । सम्पर्क नम्बर :

अध्यक्ष – बिष्णु गैरे –९८५१०२७६५१

प्रथम उपाध्यक्ष – कमल तामाङ –९८५१०९५२३९ 

द्वितीय उपाध्यक्ष – कमलदेव मल्ल –९८०१०१८६१८ 

तृतीय उपाध्यक्ष – किशोरकुमार केसी –९८५१०७८८७२ 

महासचिव – सुजितकुमार श्रेष्ठ –९८५१०७०६५२

सचिव – मेघनाथ भुर्तेल –९८५१०७०२८२

कोषाध्यक्ष – इन्दिरा गुरुङ –९८५११०१६७१

 

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया