अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
दाङ - देशका विभिन्न ठाउँबाट दाङको तुलसीपुरमा आइपुगेका १ सय नौ जनालाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गन्तव्यसम्म पुर्याइएको छ ।
उनीहरुलाई उपमहानगरपालिकाको पहलमा सल्यान ,रुकुम र बबई गाउँपालिकासम्म पठाइएको तुलसीपुर उपमहानगरपालिका-५, का अध्यक्ष बिरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ पुगेका उनीहरु दश दिन हिँडेर तुलसीपुर आइपुगेका थिए । तुलसीपुरमा रहेको विरेन्द्र चोकमा अलपत्र परेका १ सय ९ जनालाई सम्बन्धित पालिकाको सहकार्यमा गन्तव्यसम्म पुर्याइएको हो ।
यात्रुहरुलाई पठाउनका लागि तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षकलगायतले पहल गरेका थिए । यस्तै त्रिसिद्धेश्वरी राप्ती प्रालि तथा सम्बन्धित गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले गाडीको व्यवस्था गरेका थिए ।
चाउचाउको भरमा दश दिनसम्म हिँडेर तुलसीपुर आएका उनीहरुलाई वडाध्यक्ष विरेन्द्र शाहलगायत विभिन्न समाजसेवीहरुले खानाको व्यवस्था गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।